९ मंसिर २०८३, बुधबार

राप्ती गाउँपालिकामा कांग्रेसको अग्रता, एमालेले माओवादीलाई उछिन्यो (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


– केशव बोहरा

भालुवाङ, १६ असार । दाङको राप्ती गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । कांग्रेसका प्रमुखका उम्मेदवारले १ हजार ८३ मत पाएका छन् । उपप्रमुखमा कांग्रेसका उम्मेदवारलाई ९५१ मत आएको छ ।

एमालेका प्रमुखका उम्मेदवारले ५९६ मत पाएका छन् भने उपप्रमुखमा ७४६ मत आएको छ ।

माओवादी केन्द्रले प्रमुखमा ५६५ मत पाएका छन् भने उपप्रमुखमा ६१० मत पाएका छन् ।  राप्ती गाउँपालिकामा अहिलेसम्म ३ हजार ८ मत गणना भएको छ ।