
घोराही, १६ असार । दाङको घोराही उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरूले मतअन्तर घटाउँदै लगेका छन् ।
तुलसीपुर उपमहानगरपालिकामा भने एमालेले कांग्रेससँगको दूरी ह्वात्तै बढाउँदै लगेको छ ।
पछिल्लो मत परिणामअनुसार घोराही उपमहानगरपालिकामा एमालेका मेयरका उम्मेदवार नरुलाल चौधरीले ३७०२ मत पाएका छन् । उपमेयरमा २१७१ मत आएको छ ।
नेपाली कांग्रेसका मेयरका उम्मेदवार भुपबहादुर डाँगीले १५७१ मत पाएका छन् । उपमेयरमा कांग्रेसले १६३० मत पाएको छ ।
माओवादी केन्द्रका मेयरका उम्मेदवार जीवन गौतमले ९७६ र उपमेयरमा १००५ मत पाएका छन् ।
राजमोले मेयरमा ८० र उपमेयरमा ७३, राप्रपाले मेयरमा २० तथा फोरम लोकतान्त्रिक मेयर र उपमेयरमा १–१ मत पाएका छन् ।

उता, तुलसीपुर उपमहानगरपालिका पछिल्लो मत परिणामअनुसार एमालेका उम्मेदवारले कांग्रेससँगको दूरी बढाएका छन् ।
एमालेका मेयरका उम्मेदवार घनश्याम पाण्डेले २०९४ र उपमेयरले १९९९ मत पाएका छन् ।
नेपाली कांग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीले १६३१ र उपमेयरले १७१९ मत पाएका छन् ।
माओवादी केन्द्रका मेयरका उम्मेदवारले २९६ र उपमेयरले











प्रतिक्रिया