९ मंसिर २०८३, बुधबार

एमालेलाई दोब्बर मतले हराउँदै चिचिलामा कांग्रेस विजयी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


संखुुवासभा, १६ असार । संखुवासभाको चिचिला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ ।

कांग्रेसका तर्फबाट प्रमुखको उम्मेदवार बनेका पासाङ नेर्वु शेर्पा भारी मतले विजयी भएका हुन् ।

उपप्रमुखमा पनि कांग्रेसकै यादुकुमारी राई बिजयी भएकी छिन् ।

पासाङ नेर्वु शेर्पाले १४६२ मत पाएका थिए । उपप्रमुखमा यदुकुमारी राईले १३७२ मत पाएर विजयी भएकी हुन् ।

एमालेबाट प्रमुखको उम्मेदवार बनेकाले ७७० मत पाए भने उपप्रमुखमा ७४९ मत आएको थियो ।