९ मंसिर २०८३, बुधबार

धनगढी उपमहानगर: काँग्रेसलाई स्वतन्त्र उम्मेदवार हमालकै डर, यस्तो छ पछिल्लो मतपरिणाम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १५ असार । धनगढी उपमहानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले कडा टक्कर दिइरहेका छन् ।

जारी मतगणनामा काँग्रेसका मेयरका उम्मेद्वार नृप वडु ४६७ मतका साथ अग्रस्थानमा छन् । तर, उनलाई स्वतन्त्र उम्मेद्वार गोपाल हमालले टक्कर दिइरहेका छन् । हमालले ४३४ मत ल्याएका छन् ।

एमाले तेस्रो स्थानमा छ । एमालेका मेयरका उम्मेदवार दुर्गाप्रसाद जोशीले ९८ मत मात्रै ल्याएका छन् ।

उपमेयरमा पनि कांग्रेसकै शुसीला मिश्र अगाडि छिन् । उनले ५२८ मत पाएकी छिन् । नेकपा एमालेकी रूक्मिणी देवकोटाले २३० मतसहित दोस्रो स्थानमा छिन् भने माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी क्षेत्रीले १८५ मतले पछ्याइरहेकी छिन् ।

बिहीबार बिहान ९ बजेबाट मतगणना सुरु भए पनि अहिलेसम्म एक हजारमात्रै मतगणना भएको छ । अझै ५३ हजार ३६९ मत गन्न बाँकी छ ।