९ मंसिर २०८३, बुधबार

देउवाको गाउँमा प्यानलैसहित काँग्रेस विजयी, यस्तो छ डडेल्धुराको पछिल्लो परिणाम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा, १५ असार । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँमा काँग्रेस प्यानलसहित विजयी भएको छ ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको वडा नम्बर १ मा काँग्रेस प्यानलसहित विजयी भएको हो । गुन्यापधुरा १ मै देउवाको घर छ । उनी भोट होल्न असार १४ गते गन्यापधुरा नै पुगेका थिए । देउवाको गृहवडामा काँग्रेसका चेतनाथ भट्ट प्यानलसहित विजयी भएका छन् ।

जारी मतगणनामा डडेल्धुराका सातमध्ये चार तहमा काँग्रेसले अग्रता लिएको छ भने २ तहमा एमाले र एक तहमा माओवादी केन्द्रले अग्रता लिइरहेको छ । काँग्रेसले अमरगढी नगरपालिकासहित आलिताल, नवदुर्गा, गन्यापधुरामा अग्रता लिएको हो । यसैगरी, एमालेले अजयमेरु गाउँपालिका र भागेश्वर गाउँपालिकामा अग्रता लिएको छ । माओवादीले भने परशुराम नगरपालिकामा अग्रता लिएको छ ।