९ मंसिर २०८३, बुधबार

गुल्मीमा माओवादीले खाता खोल्न सकेन, कांग्रेस चार वडामा विजयी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी, १५ असार । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाकोसात वडाको नतिजा सार्वजनिक भएको छ ।

१, २, १३ र १४ वडामा कांग्रेसको प्यानलनै बिजयी भएको छ । रेसुगा नगरपालिका १ मा अखिलेश्वर प्रसाद पाण्डे, २ मा उदय थापा, १३ मा खुम थापा, १४ मा शेर बहादुर पहराई सहितको टोली बिजयी भएको छ ।

चन्द्रकोट गाउँपालिका ३ मा किरण शाह, गुल्मीदरबार गाउँपालिकाको वडा नं ७ मा टोपबहादुर बस्नेत, मालिका गाउँपालिका १ मा इन्द्र बहादुर घर्तीको प्यानल बिजयी भएको कांग्रेस गुल्मीले जनाएको छ ।

रुरु गाउँपालिका १ मा एमाले वडाअध्यक्ष रामलाल विक, गुल्मी दरवार गाउँपालिकाको वडा नं १ को वडा अध्यक्षमा राम बहादुर पल्ली, चन्दकोट गाउँपालिका १ मा गोविन्द बराल र छत्रकोट गाउँपालिका ६ मा थम्मन ज्ञवाली सहितको प्यानल विजयी भएको छ । माओवादी केन्द्रले भने अहिलेसम्म खाता खोलेको छैन् ।