९ मंसिर २०८३, बुधबार

दाङ अपडेटः दुई वटै उपमहानगरपालिकामा एमाले, गाउँपालिकामा माओवादी अगाडि

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १५ असार । दाङको दुईवटै उपमहानरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा एमालेले अग्रता लिएको हो ।

प्रारम्भिक मतपरिणाम अनुसार, घोराही उपमहानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले १ सय ७ मतका साथ अगाडि छन् । उनलाई माओवादीका जीवन गौतमले ३० मतका साथ दोस्रो स्थानमा पछ्याइरहेका छन् । यसैगरी, कांग्रेसका भुपबहादुर डाँगीले ७ मत ल्याएका छन् ।

दाङकै तुलसीपुर उपमहानगरपालिकामा पनि एमालेकै घनश्याम पाण्डेले अग्रता लिइरहेका छन् । उनले १ सय १८ मत ल्याएका छन् भने कांग्रेसका गेहेन्द्र गिरी ७७ मतका साथ दोस्रो स्थानमा छन् । माओवादीका शेषुराम भण्डारीले ९ मत मात्रै ल्याएका छन् ।

गाउँपालिकातर्फ भने माओवादीले अग्रता लिएको छ । ६ गाउँपालिका मध्ये ४ मा माओवादीले अग्रता लिएको छ भने एउटा एउटामा काँग्रेस र एमाले अगाडि छन् । माओवादीले राजपुर, गढवा, राप्ती र शान्तिनगर गाउँपालिकामा अग्रता लिएको हो । कांग्रेसले बंगलाचुली गाउँपालिका र एमालेले दंगिशरण गाउँपालिकामा अग्रता लिएको छ ।

मतपरिणाम हेर्दा दाङमा पनि रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।