९ मंसिर २०८३, बुधबार

ओलीको गृह नगरमा एमाले र माओवादीको रोचक प्रतिस्पर्धा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १५ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर झापाको दमकमा एमाले र माओवादीबीच रोचक प्रतिस्पर्धा देखिएको छ । काँग्रेस भने चौंथो नम्बरमा छ ।

एमालेका मेयरका उम्मेद्वार रोमनाथ ओली १९३ मतका साथ अहिलेसम्म पहिलो स्थानमा छन् भने माओवादी केन्द्रका रेवतराज पुरीले १७५ मत ल्याएका छन् । यसअघि मेयरमा एमाले र माओवादीबीच जम्मा एक मत मात्र अन्तर थियो ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेदवार रामबहादुर थापाले १४४ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । नेपाली कांग्रेसका ढुण्डीराज भण्डारीले १०७ मत मात्र प्राप्त गरेका छन् ।

उपमेयरमा पनि एमालेकै उम्मेद्वार गीता अधिकारीले अग्र स्थानमा रहन सफल भएकी छिन् भने नेपाली कांग्रेसकी उपमेयर उम्मेद्वार रेगिना भट्टराई दोस्रो स्थानमा छिन् ।