९ मंसिर २०८३, बुधबार

वुटवल उपमहानगरको मतपरिणामले काँग्रेस-एमाले नै आश्चर्यचकित (अपडेट)

44k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १५ असार । वुटवल उपमहानगरपालिकाको जारी मतगणनामा मिश्रित परिणाम आउने संकेत देखिएको छ । मतपरिणामलाई लिएर काँग्रेस र एमालेका नेताहरु नै आश्चर्यमा परेका छन् ।

मेयरमा काँग्रेसले अग्रता लिएको छ भने उपमेयर र वडाअध्यक्षमा एमालेले अग्रता लिइरहेको छ । यता वडामा भने एमाले प्यानलैसहित विजयी भएको छ । एमालेले वुटवल उपमहानगरपालिका १ बाटै उपमहानगरमा आफ्नो विजय यात्रा सुरु गरेको छ ।

एमालेका वडाअध्यक्षका उम्मेदवार महेन्द्र लिगल ६६० मत ल्याएर विजयी भए भने काँग्रेसका नरेन्द्र बस्नेतले ५२५ मत पाए ।

यो वडा काँग्रेसको पकड भएको मानिन्छ । हार्ने भनेर आंकलन गरिएको वडा नै जितेपछि एमाले उत्साहित भएको छ ।

मेयरमा भने काँग्रेसका खेलराज पाण्डेयले ९७७ मतका साथ अग्रता लिएका छन् । एमालेका शिवराज सुवेदीले ५८४ ले पाण्डेयलाई पछ्याइरहेका छन् ।

यसैगरी, उपमेयरमा एमालेकी गोमा आचार्य ६८४ मतका साथ अगाडि छिन् । उनलाई माओवादी केन्द्रका जगत पोख्रेलले ६८२ मतले पछ्याइरहेका छन् ।

यो वडा काँग्रेसकै पकडको मानिन्छ । काँग्रेसले जित्ने अनुमान गरिएको वडा समेत एमालेको पोल्टामा जाने पक्कापक्की भएको छ ।

रोचक छ के भने बुटवल उपमहानगरमा एमालेविरुद्ध काँग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरमले समेत गठबन्धन बनाएका छन् । घेराबन्दीका बीचमा पनि एमालेले राम्रो मत पाएको बताइएको छ । रोचक मतपरिणामले काँग्रेस र एमालेका नेताहरु समेत आश्चर्यचकित भएका छन् ।