९ मंसिर २०८३, बुधबार

नवलपरासीमा मध्यराति देखिनै मतगणना सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, १५ असार । नवलपरासीको परासीक्षेत्रका सातवटै स्थानीय तहमा मतगणना शुरु भएको छ ।

प्रतापपुर गाउँपालिकाको गणना राति ११ बजेबाट सुरु भएको जिल्ला निर्वाचन कार्यालय नवलपरासीका अधिकृत अयोध्याप्रसाद भण्डारीले जानकारी दिए ।

सुनवल नगरपालिकामा मध्यरात १२ बजेदेखि मतगणना सुरु भएको छ । सुस्ता गाउँपालिकामा पनि मध्यरातबाटै मतगणना सुरु भएको छ ।

सरावल गाउँपालिका, पाल्हीनन्दन गाउँपालिका, बर्दघाट नगरपालिका र रामग्राम नगरपालिकामा साढे १२ बजेबाट मतगणना शुरु भएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए ।