काठमाडौं, १४ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहको निर्वाचनका लागि जारी मतदानमा दिउँसो ३ बजेसम्म करिव ६२ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त पछिल्लो विवरण अनुसार, सवैभन्दा बढी धनकुटा र रुकुममा ७० प्रतिशत मतदान भएको छ ।
यसैगरी, ताप्लेजुङ, खोटाङ, डडेलधुरा, दार्चुला, कपिलबस्तु लगायतका १५ जिल्लामा ६५ प्रतिशतभन्दा बढी मतदान भइसकेको जानकारी प्राप्त भएको छ ।
मतदानसम्बन्धी थप विवरणहरु प्राप्त हुनासाथ आयोगले सार्वजनिक गर्दै जाने छ । आज विहान ७ बजे शुरु भएको मतदान कार्य अपरान्ह पाँच वजेसम्म जारी रहनेछ ।












प्रतिक्रिया