वीरगञ्ज, १४ असार । वीरगञ्ज महानगरमा पार्टीले पैसा लिएर टिकट विक्री गरेको आरोप लगाउँदै एमाले पर्साका नेता सुन्दर कुर्मीले पार्टी छाडेका छन् । उनी एमाले छाडेर संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।
वीरगञ्जमा बुधबार पत्रकार सम्मेलन गरेर नेता कुर्मी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका हुन् । उनले निर्वाचनमा पार्टीका कार्यकर्ताले भूमिका खोजीरहेको बेला लगानी, योगदान र निष्ठा भएका कार्यकर्तालाई पाखा लगाउँदै पैसाका लागि नेताहरूले पार्टी नै बेचेको घटना दुखद् रहेको बताए ।
नेता कुर्मी एमालेको तर्फबाट वीरगञ्ज महानगरको लागि मेयरका आकांक्षी थिए ।
एमालेले नेशनल मेडिकल कलेज वीरगञ्जका निर्देशक बसरुद्धिन अन्सारीलाई पार्टीको टिकट दिएपछि कुर्मी रुष्ट बनेका हुन् । कुर्मी समूहले अन्सारीले पार्टीका नेताहरूलाई मोटो रकम दिएर मेयरको टिकट हत्याएको आरोप लगाएका छन् ।
अन्सारी २०७० मा सम्पन्न संविधानसभा निर्वाचनमा माओवादी केन्द्रबाट पर्सा क्षेत्र नम्बर दुईका लागि संविधानसभा सदस्य पदमा पराजित भएका थिए ।












प्रतिक्रिया