२९ आश्विन २०८३, बिहिबार

आईएसको जेलमा अमेरिकी सैनिकको आक्रमण, ५७ जनाको मृत्यु

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमास्कस (सिरिया), १४ असार । इश्लामिक स्टेट (आइएस) समूहको नियन्त्रणमा रहेको जेलमा अमेरिका नेतृत्वको हवाइ आक्रमण हुँदा कम्तिमा ५७ जना कैदी तथा कैदीको सुरक्षार्थ खटिएका गार्डको मृत्यु भएको सिरिया द्वन्द्वको अनुगमन गर्न खटिएको समूहले मङ्गलबार जनाएको छ ।
सिरियाको पूर्वी प्रान्त देर अल जोरको मायादिन शहरलाई लक्षित गरीे आक्रमण भएको सिरियाली मानव अधिकार अनुगमनकारी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले सोमबार जनाएको छ ।

संस्थाका अनुसार जेल अलकायदा आवद्ध सिरियाली समूह नुस्रा फ्रन्ट समर्थक नेताहरूलाई थुनिएको एउटा प्रमुख स्थान थियो । आधाभन्दा बढी जेलघरमा आइएस लडाकूलाई आइएस आफैले कैदीका रूपमा राखेको थियो भने झण्डै आधा भागमा आइएसद्वारा नियन्त्रणमा लिइएका सर्वसाधारणलाई राखिएको थियो ।

बेलायत स्थित अधिकारवादी समूहले गम्भीर चोटले ग्रस्त धेरै घाइते रहेकाले मृतक सङ्ख्या भने केही बढ्न सक्ने बताएको छ । जेलमा करिब १०० जनालाई राखिएको बताइएको छ ।

अमेरिका नेतृत्वको सैनिक गठबन्धनले राका र देर अल जोर क्षेत्रमा कुर्दिस नेतृत्वको सिरियाली प्रजातान्त्रिक बल (एसडिएफ) समूहलाई सहयोग गर्दै आइएस समूह विरुद्ध आफ्ना पछिल्ला कारबाहीलाई केन्द्रित गरेको छ । – एजेन्सी