धनगढी, १३ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कैलालीमा आफैले बम पड्किएर मारिएका चन्द्रबहादुर सिंह आफ्नो कार्यकर्ता भएको स्वीकार गरेको छ ।
सिंहको हिजो राति धनगढीमा बम पड्किएर घाइते भई उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनापछि मंगलबार विप्लव माओवादीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत चन्दबहादुर आफ्नो पार्टीको कार्यकर्ता रहेको स्वीकारेका हुन् ।
यद्यपी उनले बम विस्फोट गराउनमा आफ्ना कार्यकर्ताको दोषी नरहेको दावी गरेका छन् ।
उनले कैलाली पुल नजिकको जिएच एण्ड सन्स होटल अगाडि शंकास्पद वस्तु देखेपछि पञ्छाउन खोज्दा विस्फोट भएको जिकिर गरेका छन् ।











प्रतिक्रिया