९ मंसिर २०८३, बुधबार

बम पड्काउन हिँडेका ‘विप्लव’का कार्यकर्ताको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १३ असार । धनगढी उपमहानगरपालिका–४ को खानेपानी कार्यालय जाने सडकमा बम विष्फोट गराउने क्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एकजना कार्यकर्ताको मृत्यु भएको छ ।

सोमबार राति करिब १० बजेतिर वम विष्फोट गराउने क्रममा आफैँले बोकेको बम पड्किँदा धनगढी उपमहानगरपालिका–१२ जुगेडा घर भएका ‘सनराइज’ भनेर चिनिने २९ वर्षीय चन्द्रबहादुर सिंहको मृत्यु भएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो ।

घटनालगत्तै उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पुर्‍याइएका सिंहको राति करिब ११ बजेतिर मृत्यु भएको थियो ।

बम विष्फोटन स्थलदेखि झन्डै ३०० मिटरको दूरीमा सेती अञ्चल प्रहरी कार्यालय रहेको छ ।