
दाङ, १२ असार । मौन अवधिमा पनि प्रचारमा हिँडेको भन्दै दाङमा काँग्रेसका सांसद लखेटिएका छन् ।
सांसद डिल्लीबहादुर चौधरी र गरिवी निवारण कोषका कार्यकारी प्रमुख नहकूल केसीलाई तुलसीपुर उपमहानगरपालिका–१७ भेलाहीमा सोमबार गाउँलेहरुले लखेटेका हुन् ।
बा ८ च ८२८२ नम्बरको गाडीमा काँग्रेसको प्रचार गर्दै सोमबार अपरान्ह भेलाही पुगेका चौधरी र केसीसहितको टोलीलाई मौन अवधिमा पनि प्रचार गरी आचारसंहिता उल्लंघन गरेको भन्दै गाउँलेहरुले लखेटेका हुन् । निर्वाचन आचारसंहिता अनुसार सरकारी पदमा रहेको व्यक्तिप्रचार प्रसारमा हिँड्न नपाउनुका साथै मतदानको ४८ घण्टा अघिदेखि प्रचारप्रसारका कुनै पनि काम गर्न पाइदैँन ।
आइतबार राति १२ बजेदेखि मौन अवधि शुरु भएको छ ।











प्रतिक्रिया