काठमाडौं, १२ असार । गृहमन्त्री जनार्दन शर्माले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा ढुक्क भएर मतदान गर्नका लागि आममतदाताहरूलाई आह्वान गरेका छन् ।
रिपोर्टर्स क्लव नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षत्कारमा शर्माले भने, ‘निर्वाचनको लागि सुरक्षाको कुनै समस्या छैन, सरकारले सबै प्रबन्ध मिलाएको छ ।’ उनले सुरक्षानिकायहरूलाई परिचालन गरेको भन्दै सबै मतदाताहरूलाई मतदान केन्द्रमा गएर आफ्नो मतदानको अधिकार प्रयोग गर्न आग्रह गरे ।
मन्त्री शर्माले निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउनको लागि सरकारले आवश्यक सुरक्षा प्रबन्ध मिलाईसकेको बताए । उनले भने, ‘निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन र आममतदाताहरूलाई ढुक्क भएर मत हाल्नको लागि अपील गर्छु ।’
निर्वाचन विथोल्नको लागि राजपा र विप्लव नेतृत्वको नेकपा सक्रिय भएर लागेको भन्दै उनले भने, ‘विप्लवजीको पार्टी पनि निर्वाचनमा सहभागी भएको छ, उहाँहरू भेष्ट लगाएर चुनावी प्रचार प्रसारमा हुनुहुन्छ ।’
उनले राजपाका नेता तथा कार्यकर्ताहरूपनि स्वतन्त्र रुपमा निर्वाचनमा सहभागी भएको भन्दै उनीहरूले अबरोध नगर्ने दाबी गरे ।












प्रतिक्रिया