९ मंसिर २०८३, बुधबार

बलात्कारपछि हत्या गरेर फरार श्याम राउत भारतबाट पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । प्रहरीले १४ वर्षीया किशोरी बलात्कारपछि हत्या गरेर फरार रहेका श्याम राउतलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

बलात्कारपछि किशोरीको हत्या अभियोगमा पक्राउ परेर धरौटीमा रिहा भएका राउत ५ वर्ष अगाडि फरार भएका थिए ।

रामेछाप लिखु गाउँपालिका वडा नम्बर २ सैपुकी सुन्तली तामाङको बलात्कारपछि राउतले हत्या गरेका थिए । राउतलाई भारतको अन्डमा निकोबारबाट पक्राउ गरेर ल्याइएको हो ।

तत्कालीन सैपू– १ को सिरिसे कवैटार भन्ने ठाउँबाट ०६८ माघ ५ गते हराएकी १४ वर्षीय किशोरी सुन्तली तामाङको शव १५ दिनपछि लिखु खोलामा झोलाको फित्ताले घाटीमा बाँधेको अवस्थामा फेला परेको थियो ।

बलात्कारपछि हत्या भएको आरोपमा सुन्तलीकी आमा डिल्लीमाया तामाङले जिल्ला प्रहरी कार्यालय रामेछापमा छिमेकी श्याम राउत र प्रदीप राउतविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

श्याम राउत भारतमा रहेको सूचनाका आधारमा भारतीय प्रहरीसँगको समान्वयबाट पक्राउ गरेर ल्याइएको मध्य क्षेत्रका डीआइजी गणेश केसीले जानकारी दिए । सोमबार उनले पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी समेत दिए ।