९ मंसिर २०८३, बुधबार

कांग्रेस उम्मेदवारको घर नजिकै शंकास्पद बस्तु भेटियो

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, १२ असार । बाजुरा जिल्लाको बुढीनन्दा नगपालिका–२ कोल्टी गाउँमा शंकास्पद बस्तु भेटिएको छ ।

कांग्रेसबाट मेयर पदका उम्मेदवार पदमकुमार गिरीको घरको गेटमा प्लाष्टिकले बेरेर राखिएको अवस्थामा शंकास्पद बस्तु भेटिएको प्रहरीले बताएको छ ।

दुध बोक्ने बाल्टिनमा तार जडित पिठोको कट्टाले बेरिएको अवस्थामा शंकास्पद बस्तु भेटिएको प्रहरी नायव निरीक्षक कृष्ण खड्काले बताए ।

सुरुमा स्थानीयले बाल्टिन भनेर समातेपछि तार देखेका थिए । त्यसपछि उनीहरूले संकास्पद बस्तुलाई त्यत्तिकै छाडेका थिए ।

जनप्रकाश आधारभुत विद्यालय र पदमकुमार गिरीको घरको बीच भागमा शंकास्पद बस्तु भेटिएको हो । शंकास्पद बस्नुमा ‘नेकपा’ लेखिएको प्रहरी हवल्दार पदम धामीले बताए ।

घटना स्थलमा प्रहरी निरीक्षक राजकुमार भट्ट र विनोद सुवेदी सहितको टोली खटिएको छ ।