२९ आश्विन २०८३, बिहिबार

कोरियालीले अमेरिकी ‘क्रुरता’ कहिल्यै नबिर्सने, बदला लिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्योङयाङ (उत्तर कोरिया), १२ असार । उत्तर कोरियाले अमेरिकाविरुद्ध सङ्घर्ष सुरु भएको दिनको स्मरणमा आइतबार एक विशाल जुलुसको आयोजना गरेको बताइएको छ ।

जुलुसमा सत्ताधारी वकर्स पार्टीका उच्च पदाधिकारी, उच्च पदस्थ सरकारी अधिकारीसमेत सहभागी भएका थिए । जुलुसमा सबै क्षेत्रमा कोरियाली नागरिकको सहभागिता भएको थियो ।

सहभागीले कोरियाली प्रायद्वीपमा युद्ध सुरु भएको दिन जुन २५, १९५० लाई अमेरिकालाई दोषी ठह(याएका कोरियाली केन्द्रीय समाचार संस्था (केएनसीए)ले बताएको छ ।

जुलुसमा सहभागी कोरियालीले आफ्ना नागरिकविरुद्ध भएको ‘क्रुरता’लाई उनीहरु कहिल्यै नबिर्सने बताएका केएनसीएले जनाएको छ । – सिन्ह्वा