९ मंसिर २०८३, बुधबार

सरकारलाई दिएको समर्थन फिर्ता हुन लागेको हो ? के भन्छ राजपा ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ११ असार । राष्ट्रिय जनता पार्टी नेपालका युवा नेता केशव झाले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा पार्टीभित्र कुनै छलफल नभएको बताएका छन् ।

दैनिक नेपाल डटकमसँग आइतबार बिहान कुरा गर्दै युवा नेता झाले भने, ‘आवश्यक पर्‍यो भने सरकारलाई दिएको समर्थन फिर्ता लिन सकिन्छ । तर, अहिले नै समर्थन फिर्ता लिने विषयमा कुनै छलफल भएको छैन ।’ उनले भने, ‘संविधान संशोधन लगायतका विभिन्न मागका विषयमा सरकारसँग कराकानी भएको छ । छलफल सकारात्मक रुपमा अगाडि बढेका बेला कसैले भ्रामक अभिव्यक्ति दिन्छ भने त्यसमा भन्नु केही छैन ।’

राजपा नेपालका नेता हृदय त्रिपाठीले नवलपरासीमा पत्रकार सम्मेलन गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएपछि राजपाभित्र खैलाबैला मच्चिएको थियो ।

केही सञ्चारमाध्यमहरूले समेत सरकारबाट राजपाले समर्थन फिर्ता लिन लागेको भनेर प्रथम पृष्ठिमा समाचार प्रकाशित गरेपछि सो विषय के हो भनेर दैनिक नेपाल डकटमले युवा नेता झासँग जिज्ञासा राखेको हो ।

राजपा नेपालले राखेका मागको सुनुवाई हुनुपर्ने बताएका नेता झाले भने, ‘माग पूरा भएन भने समर्थन गरेर बसिरहनुको अर्थ छैन । तर, अहिले नै सरकारबाट समर्थन फिर्ता हुँदैन । समर्थन फिर्ता लिने पनि प्रक्रिया हुन्छ । मन लग्दा समर्थन गर्ने । मन नलाग्दा फिर्ता लिने कुरा राजनीतिमा हुँदैन ।’