९ मंसिर २०८३, बुधबार

सुदूरपश्चिममा माधव नेपालको गर्जनः एमालेलाई जिताउनुस्, देश विकास गरेर देखाउने छौं

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, १० असार । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश विकास गर्ने योजना एमालेबाहेक अरु कसैसंग नरहेको बताएका छन् ।

एमाले कञ्चनपुरले शनिबार महेन्द्रनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै भने– ‘अन्य पार्टीले अहिलेसम्म मुलुकको हितमा काम गर्न सकेनन, उनीहरुसँग देश बिकास गर्ने कुनै योजना पनि छैन, अब सूर्यमा मतदान गरी एमालेलाई जिताउनुस् हामी देशको विकास गरेर देखाउने छौं ।’

उनले पूर्वपश्चिम राजमार्ग ८ लेनमा विस्तार गर्ने, विद्युत आयोजनाको विस्तार, सबै क्षेत्रलाई सडक यातायातले जोड्ने, तराई मधेशको लाइफ लाइनका रुपमा रहेको हुलाकी राजमार्ग, विभिन्न प्रदेशहरुमा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने, कृषिमा आधुनिकीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्यलगायत आम नागरिकको जीवनस्तरमाथि उकास्ने खालका योजना अघि सारेर सम्बृद्व मुलुक बनाउने काम एमालेबाट मात्रै संभव भएको ठोकुवा गरे । ‘अब ढिलो नगरी भ्रम दिने कांग्रेस माओवादी केन्द्र र जनताको पार्टी एमाले हो भन्ने यथार्थ बुझ्नोस, आफ्नो पार्टी चिन्नोस,’ नेपालले भने, ‘अन्य पार्टीले त विदेशीसँग लम्पसार परेर मुलुकको हितविपरि काम गरेका छन ।’

भरतपुर महानगरपालिकामा एमालेले जित्न लागेपछि माओवादीबाट जबरजस्ती मतपत्र च्यात्ने काम भएको भन्दै नेपालले एमाले सर्वोच्चको निर्णय कुरेर बसिरहेको प्रष्ट पारे । ‘मतपत्र च्यात्नेलाई दण्ड दिनुको साटो फुलमाला लगाएर सम्मान गर्ने काम भएको छ, निर्वाचन आयोगले समेत गलत निर्णय गरेको छ, यस्तो बेला हामी एमाले अदालतको फैसला कुरेर बसिरहेका छौं, आयोगले कानूनअनुसार काम गरेको भए भरतपुरमा एमालेले बिजय हासिल गरिसकेको थियो,’ नेपालले भने ।