९ मंसिर २०८३, बुधबार

अन्ततः पछि हट्यो राजपा, चुनावमा अवरोध नगर्ने

10.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । राष्ट्रिय जनता पार्टी नेपालले असार १४ हुने दोस्रो चरणको चुनावमा अवरोध नगर्ने जनाएको छ ।

गृहजिल्ला नवलपरासीमा सञ्चारकर्मीसँग कुरा गर्दै राजपाका वरिष्ठ नेता हृदय त्रिपाठीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले अवरोध नगर्ने जानकारी गराएका हुन् । राजापाले चुनावमा अवरोध सिर्जना नगर्ने भएकाले तराईंबाट सेना फिर्ता गर्न उनले सरकारलाई आग्रह समेत गरे ।

आफ्नो पार्टी र नेता कार्यकर्ता जनताको मत हाल्न पाउने अधिकार वञ्चित गराउने पक्षमा नरहेको भन्दै निर्वाचन बिथोल्ने काम नगर्ने स्पष्ट पारे । ‘जनताले चुनाव चाहेका छन् । तर, हामीले आफ्ना कार्यकर्ता र समर्थकलाई मात्र बहिष्कार गर्नुस् भनेर अनुरोध गरेका छौं,’ नेता त्रिपाठीले भने– ‘हामी सरकारलाई भन्न चाहन्छौं, आजैबाट सरकारले सेना प्रहरीलाई तराई मधेसबाट फिर्ता लगे हुन्छ ।’

सेना प्रहरी परिचालन गरेर सरकारले तराई मधेसलाई आतंकित बनाउने काम गरेको बताउँदै चुनावलाई बिथोल्ने र बुथ कब्जा गर्ने कार्यक्रम आफ्नो पार्टीको नरहेको स्पष्ट पारे ।

दोस्रो चरणको चुनावका लागि सरकारले तराईमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेपछि राजपाले असन्तुष्टि जनाउँदै आएको छ ।