
ललितपुर, १० असार । ललितपुरको कुपण्डोलमा शनिबार बिहान खतरानाक दुर्घटना भएको छ ।
तीव्र गतिमा रहेको बा२ख ३४७७ नम्बरको मिनिट्रक अनियन्त्रित भई बीच सडकमै पल्टिएको हो । प्रहरीका अनुसार, दुर्घटनामा चालकको गम्भीर लापरबाही देखिएको छ । दुर्घटनाबाट कुनै मानविय क्षति भएको छैन् । सडक डिभाइडरमा ठोक्किएपछि ट्रक पल्टिएको थियो ।
शनिबारको दिन सडक खाली भएका कारण ठूलो दुर्घटना हुन नपाएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया