९ मंसिर २०८३, बुधबार

गुप्तचर विभागमा बढुवाबारे अन्यौल, भित्रभित्रै अर्कै तयारी !

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीले गृहमन्त्री जनार्दन शर्मालाई गुमराहमा राखेको भन्दै असन्तुष्टि बढ्न थालेको छ ।

रेग्मीले बढुवाको विषयमा मन्त्री शर्मालाई भुलभुलैयामा राखेका आरोप छ । बर्खास्तीमा परेका पूर्व अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई नेता, पत्रकार र व्यापारीको व्यक्तिगत विवरण बुझाएको अभियोग लागेका रेग्मीले दुई महिनादेखि रिक्त डिआईजीको बढुवा प्रक्रिया रोकेको स्रोतले आरोप लगाएको छ ।

स्रोतका अनुसार हाल गुप्तचरमा तीन जना डिआईजीको दरवन्दी रिक्त छ । यद्यपि रेग्मीले बढुवा प्रक्रिया अगाडि बढाएका छैनन् । गुप्तचर विभागमा हालै मात्र तीन जना डिआईजीले ३० वर्षे सेवाअवधीका कारण अनिर्वाय अवकास पाएका थिए ।

अवकास पाउनेमा डिआईजी अभिमन्यु खत्री, रविन्द्र पण्डित र राजेन्द्र खत्री रहेको स्रोतको भनाइ छ ।

आईजीपी रेग्मीले आफू निकटस्थहरूसंग मन्त्री शर्माले जे भनेपनि एआईजी देवराज भट्टले अवकास नपाउँदासम्म बढुवा प्रक्रिया अगाडि नबढाउने अडान लिएका छन् । एआईजी भट्टले साउनमा अवकास पाउँदै छन् ।

रेग्मीले एसएसपी हरिहर पौडेललाई बढुवा गर्न डिआईजीको बढुवा प्रक्रिया रोकेर राखेको आरोप छ । गुप्तरचरमा रिक्त रहेको तीन डिआईजी पदमा बढुवाको लागि एक नम्वरमा नयाँदिल्लीस्थित नेपाली दूतावासमा कार्यरत एसएसपी ओमप्रकाश जोशी, दोस्रो नम्वरमा पोखरामा कार्यरत एसएसपी कुलदेव थापा र तेस्रोमा नम्वरमा गुप्तचरको मुख्यालयमा कार्यरत एसएसपी सुनिल ढकाल रहेका छन् ।

हाल चौथो नम्वरमा रहेका पौडेलपछि पर्ने भएकाले रेग्मीले केही समय बढुवा रोकेको स्रोतले जनाएको छ । एआईजी भट्टले साउनमा अवकास पाएपछि मात्र बढुवा प्रक्रिया अघि बढाउने रेग्मीको तयारी छ ।