९ मंसिर २०८३, बुधबार

नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १० असार । पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा दोहोरो सवारी आवागमन सुचारु भएको छ ।

बिहीबार राति एक्कासि खसेको पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड शुक्रबार साँझ साढे छ बजेदेखि सुचारु भएको हो ।

इच्छाकामना गाँउपालिका– ६ कालिखोलास्थित मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो खसेको थियो ।

पाहिरोमा चितवन प्रहरीको भ्यान र एउटा ट्रक समेत परेको थियो । पहिरोले गाडी पुरिदा दुई प्रहरीको शव फेला परे पनि दुई जना प्रहरीसहित प्रहरी भ्यानसमेत नभेटिएको छ ।

पहिरोले सडक पुरिएपछि सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारसहितको सहयोगमा सडकको पहिरो हटाएर आवागमन सुचारु गरिएको चितवन प्रहरीले जनाएको छ ।