भैरहवा, ९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष कमल थापाले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगर भैरहवाबाट हुने जित ऐतिहासिक जित हुने बताएका छन् ।
संविधान सभाको दोस्रो निर्वाचनमा पनि सिद्धार्थनगर क्षेत्रबाट विजयी भएको र अहिलेको स्थानीय तहको निर्वाचनमा पनि राप्रपाले विजयी भएर र इतिहास रच्ने बताएका छन् । सबै जातजाति, धर्म र संकृतिका युवायुवती र वृद्धवृद्धाहरुको राप्रपा प्रति देखाएको उत्साह र मेहनतका कारण जित सुनिश्चित छ । देशमा शान्ति र स्थायीत्व कायम गर्न दुई राप्रपा एकिकरण भइ नेपाली राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पाटीमा उदय भएको र विकासको एजेण्डा भएकाले जनताले राप्रपालाई विश्वास गर्छन् थापाले भने । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा अपेक्षा अनुसार सफलता नभएको र सोही अनुभवलाई सुधार गर्दै दोस्रो निर्वाचनमा सफलता हुन्छ । यहाँका जनताले ठूला पार्टीबाट विरक्त भई विकल्प खोजिरहेका छन् । त्यसैले अबको चार दिन सबै कार्यकताहरु दिनरात चुनाव प्रचार प्रसारमा लाग्नु पर्छ । सिद्धार्थनगको जित भनेको ऐतिहासिक हुन्छ अध्यक्ष थापाले भने ।
सिद्धार्थनगर राप्रपामय भएकाले राप्रपाको जित भइसकेकोले भारी मतले मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्यहरुलाई जिताउन सबै कार्यकर्ता लाग्नु पर्ने वरिष्ठ उपाध्यक्ष तथा पूर्व मन्त्री दिपक बोहोराले बताए । सिद्धार्थनगरबासीले मलाई विश्वास गरेर २०७० सालको संविधान सभाको निर्वाचनमा विजयी बनाउनुभयो, मैले पनि नगरमा त्यही किसिमको विकास गरेको छु, २०७० साल पछि सिद्धार्थनगरको विकास जुन गतिमा भएको छ त्यो जनता सामु छर्लङ्ग छ, हामीले बोलि रहनु पर्दैन । म चुनाव लड्दा राप्रपाका दुई वटा पार्टी थिए । तर पनि मैले भारी मतले निर्वाचन जितेको थिएँ । अहिले राप्रपा एकिकरण भएको छ, बलियो भएको छ । त्यसैले सिद्धार्थनगरबासीले राप्रपालाई विश्वास गरेर भोट हाल्ने पूर्वमन्त्री बोहोराले विश्वास लिएका छन् ।
सिद्धार्थनगरको विकासका लागि राप्रपाले जति योगदान गरेको छ त्यति अन्य कुनै पार्टीले नगरेकोले जनताले राप्रपालाई भोट हाल्छन् सामसद् इस्तियाक अहमद खानले भने ।
प्रचण्ड गर्मिमा पनि गर्मीको अनुभूति नगरि कार्यकर्ता चुनाव प्रचार प्रसारमा लागेको र विकासका एजेण्डा जनता सामु पुर्याइ सकेकोले राप्रपालाई कुनै पार्टीले धक्का लगाउन सक्नेछै उनले भने । सिद्धार्थनगर पर्यटकीय र व्यवसायीक क्षेत्रबाट निकै महत्वपूर्ण मानिएकोले राप्रपाले नगरको विकासका लागि सदैव अग्रणी भूमिका खेलेकोले नगरबासीले राप्रपालाई विस्वास गर्ने क्षेत्रीय अध्यक्ष चन्द्र शेखर पाण्डेले बताए । राप्रपाको एजेण्डा देशबासीलाई मिलाएर लैजाने रहेकोले जनताले राप्रपा प्रति ठूलो आशा राखेकाले नगर र वडाका सबै पदाधिकारीलाई विजयी बनाउने पाण्डेले विश्वास लिएका छन् ।
सोही सभाबाट सिद्धार्थनगर र सियारी गाउँपालिका, रोहीणि गाउँपालिका बाट नेपाली कांग्रेस, नेकपा एमाले पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका छन् । नेपाली कांग्रेसबाट २५ जना र नेकपा एमालेबाट २५ जना राप्रपामा प्रवेश गरेको कार्यालयले जनाएको छ ।












प्रतिक्रिया