९ मंसिर २०८३, बुधबार

काठमाडौंका मेयरलाई एमाले नेताको सुझावः मोबाइल बाड्ने निर्णय फिर्ता लिनुस्

18.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य प्रदीप नेपालले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई जनप्रतिनिधिका लागि मोबाइल खरिदको निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।

मोबाइल खरिद निर्णयको चर्काे विरोध र आलोचना भएपछि नेता नेपालले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत एमालेबाट निर्वाचित मेयर शाक्यलाई आफ्नो प्रतिबद्धता अनुसार काम गर्न सार्वजनिक रुपमै आग्रह गरेका हुन् ।

उनले जनप्रतिनिधिको सेवा सुविधाका बारेमा मदन भण्डारीबाट सिक्न पनि सुझाव दिएका छन् । अन्यथा आफूजस्ता शाक्यका मतदाताले आफैंलाई धिक्कार्नुपर्ने दिन आउने उनले चेतावनी दिएका छन् ।