लण्डन, ७ असार । बेलायतका चार जना नागरिकलाई रुसी सीमामा गएर बियर पिएको आरोपमा फिनल्यान्डका अधिकारीले पक्राउ गरेका छन् ।
फिनल्यान्डको सरकारी सञ्चारमाध्यम वाईएलईकाअनुसार घुम्ने एक प्रतियोगितामा भाग लिइरहेका थिए । जसमा मानिसहरू दुर्गम र नौलो इलाकामा नक्शाका मद्दतबाट जाने गर्दछन् ।
दक्षिण फिनल्यान्डमा आयोजित यो प्रतियोगितामा भाग लिइरहेका यी चार जना रुसी सीमानजिकै पुगेपछि रुसको सीमा कटेर गएका थिए ।
यसको कारण पनि रोचक थियो कि उनीहरु सीमापार गएर बियर खान चाहन्थे । फिनल्यान्डको तुलनामा रुसमा बियर सस्तो पाइन्छ ।
उनीहरूलाई फिनल्यान्डको सीमा निगरानी गरिरहेको दस्ताले पक्राउ गरेको हो । दस्ताका अनुसार उनीहरूले आफ्नो कार फिनल्यान्डको सीमानामा नै पार्किङ गरेर पैदल रुस गएका थिए ।
अधिकारीहरूले चारैजनाले आफ्नो कमजोरी स्वीकार गरेको र उनीहरु चारै जनालाई जरिवाना गर्न सकिने जनाइएको छ ।
उनीहरू चारै जनालाई रिहा गरिएको छ र बेलायत फर्काउने अनुमति समेत प्राप्त भइसकेको छ ।
स्थानीय इल्टा सानोमट समाचार पत्रका अनुसार गत साता यात्रामा रहेका मानिसले यस्तो गरेको यो दोस्रो घटना हो । यसअघि जर्मन पर्यटक पनि रुस पुगेका थिए । – एजेन्सी















प्रतिक्रिया