१५ कार्तिक २०८३, आइतबार

देउवाको सल्लाहकारमा क–कसको दाबी ?

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको दुई साता नपुग्दै राजनीतिक नियुक्तिको लागि कांग्रेस निकटका नेतादेखि पत्रकारहरू तँछाड मछाड गर्न थालेका छन् ।

प्रधानमन्त्री देउवा पदमा पुगेको दुई सातासम्म कुनैं राजनीतिक नियुक्ति नगरेपछि देउवाको सल्लाहकार हुने बुढानिलकण्ठ धाउन थालेका छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

मन्त्री बन्न केन्द्रीय सदस्यदेखि सांसदसम्मले देउवाको गुनगान गाउन थालेका छन् । पत्रकारिताबाट कानून व्यवसायी हुँदै देउवाको विश्वास पात्र भएर मन्त्री बन्न सफल भएका रमेश लेखकले जतिसुकै देउवाको पक्षमा वकालत गरेपनि उनीले अब अवसर नपाउने भएका छन् । देउवाले प्रदेश नम्बर एकका यूवा नेता तथा सांसद मीन विश्वकर्माले विश्वास जित्ने निश्चित छ ।

वुढानीलकण्ठ स्रोतका अनुसार नेता विश्वकर्माले सूचना तथा सञ्चारमन्त्री र प्रचार विभाग प्रमुखमध्ये एउटा जिम्मेवारी पाउने निश्चित छ । विश्वास पात्रको रूपमा पहिलेदेखि नैं सहयोग गरिरहेका डा. प्रकाशशरण महतले प्रधानमन्त्री देउवाको राजनीतिक सल्लाहकार र पार्टी प्रवक्तामध्ये एक पद पाउने निश्चित छ ।

यता पत्रकारहरू भने प्रधानमन्त्रीको सञ्चार सल्लाहकारदेखि लिएर विभिन्न संस्थाको प्रमुख पाउन विभिन्न सञ्चारमाध्यममा देउवाको चाकडी शुरू गरेका छन् । पत्रकार महासंघका पूर्व सभापति एवम् वरिष्ठ पत्रकार किशोर नेपालले पछिल्लो समय देउवाको पक्षमा लेख रचना प्रकाशित गरेबाटै उनले ठूलै अवसर हात पार्न लागेको भान हुन थालेका छ ।

स्रोतका अनुसार नेपालले गरिवी निवारण कोषको प्रेस सल्लाहकार हुन खोजेका छन् । उनले कोषको सल्लाहर हुन मासिक दुई लाख वढी सुविधाको प्रत्याभूति खोजेका छन् ।

यस्तै, महासंघका पूर्वअध्यक्ष तथा माओवादीको लगानी रहेको एबीसी टेलिभिजनका काम गरिरहेका सुरेश आचार्यले कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रतिष्ठानको अध्यक्ष हुन खोजेका छन् ।

दुई दशकदेखि पत्रकारिता गरिरहेका तरूण साप्ताहिकका प्रधानसम्पाक परशु घिमिरेले भने प्रधानमन्त्रीको सञ्चार सल्लाहकार हुन खोजेका छन् ।

देउवासँग नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पनि प्रधानमन्त्रीको प्रेस सल्लाहकार हुन खोजेका छन् ।

यता प्रेस युनियनका पूर्वअध्यक्ष एवम् रेडियो नेपालका कर्मचारी समिरजंग शाहले भने आसन्न पत्रकार महासंघको अध्यक्षको उम्मेदवार बन्न चाहना राखेका छन् ।

विमलेन्द्र निधि उपप्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार भएका रामजी दाहाललाई महासंघको अध्यक्ष उठाउनु पर्ने वा राष्टिय पुनःनिर्माण प्राधिकरणको प्रेस सल्लाहकार बनाउनु पर्ने अडान राखेका छन् । तर प्रधानमन्त्री देउवाले भने सल्लाहकारमा क–कसलाई नियुक्ति गर्ने भन्ने बिषयमा वाहिर केही वोलेका छैनन् ।

प्रधानमन्त्रीका विश्वास पात्र भनिएका नेविसंघका अध्यक्ष नैनसिंह महर, तरूण दल अध्यक्ष जीतजंग बस्नेत, केन्द्रीय सदस्य मिन विश्वकर्मा, डा. प्रकाशशरण महत, उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, नेता पूर्णबहादुर खड्का भने घिमिरे र सिग्देललाई सल्लाहकार दिन नहने पक्षमा उभिएका छन् ।

सांसद आरूजु राणा, भूषण राणा लगायतले आइजीपी नियुक्ति प्रकरणमा सभपाति देउवाको बिरोध गर्दै निधिको पक्ष लिएको भन्दै देउवा निकटका नेताहरूलाई वरिष्ठ पत्रकार एवम् गोरखा पत्र दैनिक १० औं तहका कर्मचारी समेत रहेका बसन्तप्रकाश उपाध्यायलाई प्रेसको प्रमुख जिम्मेवारी दिनु पर्ने पक्षमा छन् ।

देउवा निकटका अधिकांसले तनहुँका स्थायी वासिन्दा उपाध्यायलाई विश्वासमा लिएर प्रकाशन विभागदेखि प्रेस सल्लाहकार नियुक्तिसम्मको विषयमा सल्लाह लिन थालेको बुझिएको छ ।

देउवा प्रधानमन्त्री हुनासाथ राजनीतिक नियुक्ति लिनका लागि रेडियो नेपालका अजय बम र डडेलधुराका खगेन्द्र भण्डारीले प्रधानमन्त्रीको सचिवालयमा कुनैं भूमिका पाउने निश्चित छ ।

यता पत्रकारहरू सालिक सुवेदी र रामप्रसाद दाहालमध्ये एकलाई पत्रकार महासंघको अध्यक्ष, प्रेस युनियनको अध्यक्ष वा न्युनतम पारिश्रमिक निर्धारण आयोगको अध्यक्षमध्ये एक पाउने निश्चित छ ।