९ मंसिर २०८३, बुधबार

काँग्रेसले बनायो निर्वाचन परिचालन समिति, को को छन् समितिमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असार । नेपाली काँग्रेसले केन्द्रीय सदस्य डा प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन अनुगमन तथा परिचालन समिति गठन गरेको छ ।

सो समितिमा नवीन्द्रराज जोशी, दीलबहादुर घर्ती, अम्बिका बस्नेतलगायत छ सदस्य हुनुहुन्छ । स्थानीय तहको दोस्रो र तेस्रो चरणको निर्वाचनको अनुगमन गरी उम्मेदवारलाई पार्टीका तर्फबाट आवश्यक निर्देशन दिनुका साथै कहाँ के भइरहेको छ भन्ने विषयमा पार्टीलाई सुझाव दिने उद्देश्यले सो समिति गठन गरिएको काँग्रेसले जनाएको छ ।

समितिका संयोजक डा महतले दोस्रो चरणको निर्वाचन हुने जिल्लामा मङ्गलबारदेखि नै सो कार्य जारी राख्ने जानकारी दिनुभयो । रासस