९ मंसिर २०८३, बुधबार

दोस्रो चरणको निर्वाचनका लागि विवेकशील दलद्धारा उम्मेदवारी दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । विवेकशील नेपाली दलले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि झापा र मोरंगका केहि स्थानमा उम्मेदवारी दर्ता गरेको छ भने सुनसरी, रुपन्देही र कन्चनपुरका केहि स्थानामा स्वतन्त्र उम्मेदवारहरुलाई समर्थन आफ्नो दिएको छ ।

दलको तर्फबाट झापाको दमक नगरपालिकामा मेयर पदका प्रत्याशी २९ वर्षीय सुबास सुबेदी रहेका छन्। सुवेदी विवेकशील नेपाली दल झापा इकाईको व्यवस्थापिका प्रमुख हुन् । पेशाले रंग व्यवसायी सुबेदी लामो समय देखि विभिन्न सामाजिक अभियानहरुमा संग्लन हुँदै आएका छन् । प्रकृति बचाऊ अभियान झापाका संस्थापक अभियन्ता समेत रहेका सुवेदीले लामो समय देखि स्थानीय युवाहरुलाई उद्यमशीलता तथा राजनीतिमा लाग्न प्रोत्साहन गर्दै आएका छन् । विवेकशील नेपाली झापा इकाईमा रहेर न्यानो माया, विर्तामोड सरसफाई, नेपाल खुल्ला छ जस्ता अभियानमा पनि सुबेदीको नेतृत्वदायी भूमिका रहिआएको छ । यस अलावा सुबेदीले झापामा सूचनाको हक प्रयोग गरि सरकारी निकायहरुलाई खबरदारी गर्ने अभियान पनि संचालन गर्दै आएका छन् ।

त्यसैगरी दमक नगरपालिका वडा नं. ३ मा २५ वर्षीय दधिराम ढकालले वडा सदस्य (खुला) मा प्रतिस्पर्धा गर्ने भएका छन् । यस अघि शिक्षण पेशामा संलग्न ढकाल दलको झापा जिल्लाका संस्थापक अध्यक्ष समेत हुन् । झापाको विर्तामोडमा विगत ५८ औँ हप्ता देखि संचालन हुँदै आएको विर्तामोड सरसफाई अभियानमा सुरुवाती काल देखि नै नेतृत्व गरिरहेका ढकाल विगत केहि वर्ष देखि संचालन हुँदै आएको न्यानो माया, सरकारी विद्यालय सुधार जस्ता कार्यक्रममा समेत सक्रिय नेतृत्व दिंदै आएका छन् । ढकाल दमक पब्लिक पुस्तकालय, युवा टिमको सचिव हुन् भने आवस्यक पर्दा बिपन्न बालबालिकाहरुलाई नि:शुल्क ट्युसन कक्षा संचालन गर्दै आएका छन् । स्नातकोत्तर तह सम्म अध्ययन गरेका ढकालको गजल, कविता लेखनमा पनि विशेष रुची छ ।

मोरंगको केराबारी गाउँपालिका, वडा ९ बाट २९ वर्षीय सरस्वति आचार्यले वडा अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी दर्ता गराएकी छिन् । स्थानीय निर्वाचनमा उम्मेदवारी दिनका लागि शिक्षण पेशा छाडेकि आचार्यले शिक्षा शास्त्रमा स्नातक सम्मको अध्ययन पुरा गरेकी छन् । आचार्य महिला हिँसा बिरुद्धको अभियान र बाल अधिकारका क्षेत्रमा पनि लामो समयदेखि क्रियाशील छिन् ।

त्यसैगरि अन्य केहि स्थानमा स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका उम्मेदवारहरुलाई समेत विवेकशील नेपालीले  आफ्नो समर्थन दिएको छ ।

विवेकशील नेपाली दलको जिल्ला समितिले छनौट गरेका आधिकारिक उम्मेद्वारहरु:  

क्र. सं.

नाम थर

जिल्ला

स्थानीय तह

पद

१.

सुवास सुवेदी

झापा

दमक नगरपालिका

मेयर

२.

दधिराम ढकाल

झापा

दमक नगरपालिका, वडा ३

सदस्य (खुल्ला)

३.

सरस्वती आचार्य

मोरंग

केराबारी गाउँपालिका, वडा ९

अध्यक्ष

विवेकशील नेपाली दलले समर्थन दिएक स्वतन्त्र उम्मेद्वारहरु

क्र. सं.

नाम थर

जिल्ला

स्थानीय तह

पद

१.

फडिन्द्र भण्डारी

सुनसरी

ईटहरी उपमहानगरपालिका, वडा २०

अध्यक्ष

२.

महाशर्मा न्यौपाने

रूपन्देही

तिलोत्तमा नगरपालिका

उपमेयर

३.

अर्जुन सिंह धामी

कंचनपुर

शुक्लाफाँटा नगरपालिका

मेयर

४.

दिल बहादुर साउद

कंचनपुर

शुक्लाफाँटा नगरपालिका, वडा ११

अध्यक्ष