९ मंसिर २०८३, बुधबार

राजेन्द्र महतोका पिताको निधनपछि महन्थ ठाकुरले के भने ? (विज्ञप्तिसहित)

11.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । राष्ट्रिय जनता पार्टीका संयोजक महन्थ ठाकुरले पार्टीको अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोका पिता खोभारी महतो निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सोमबार एक शोक–सन्देश जारी गर्दै ठाकुरले आफ्ना अभिभावक गुमाउँदाको असह्य पीडामा रहेका महतो परिवारप्रति पार्टीका तर्फबाट सहानुभूति प्रकट गरेका हुन् ।

महतोको बुबा एक सय वर्षीय खोभारी महतोको सोमबार बिहान सर्लाहीस्थित निवासमा निधन भएको थियो ।