१५ कार्तिक २०८३, आइतबार

देउवालाई बल्ल जुर्‍यो साइत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार सरकारी निवास बालुबाटार सर्नुहुने भएको छ ।

हाल बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्दै आउनुभएका प्रधानमन्त्री देउवाको बसाइ सार्नका लागि सरकारी निवासको मर्मत सम्भार तथा रङरोगन कार्य जारी छ ।

पारिवारिक स्रोतका अनुसार सरकारी निवासको बैठककक्ष, विश्रामकक्ष र भान्साको सामान्य ढङ्गले पुनःनिर्माणका साथै रङरोगन गरिएको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री देउवाका लागि सरकारी निवासमा कुनै नयाँ सामान खरिद गरिएको छैन ।

पुरानै सामानबाट काम चलाउने भनेपछि सोहीअनुसार व्यवस्था गरिएको बताइएको छ । यसअघि नयाँ प्रधानमन्त्रीका लागि हरेक सरसामान नयाँ खरिद गर्ने प्रचलन थियो । उहाँ जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवालाई ज्योतिषीहरूले पनि निजी निवासबाट सरकारी निवासमा बसाइ सर्ने उपयुक्त ‘साइत’ असार ५ गते दिउँसो जुराइदिएकाले सोही दिन बसाइ सर्ने मिति तय भएको पारिवारिक स्रोतले जनाएको छ ।