९ मंसिर २०८३, बुधबार

राजपाको आन्दोलन परिचालन समितिको बैठक बस्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ४ असार । स्थानीय तहको दोस्रो निर्वाचनमा भाग नलिनेभन्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टी नेपालको आन्दोलन परिचालन समितिको बैठक बस्दै छ ।

काठमाडौंको बिजुलीबजारस्थित तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा अहिले केही समयपछि बस्ने बैठकमा तराईमा सुरु भएको आन्दोलनको समीक्षा हुनेछ ।

राजपा नेपालका नेता मनीषकुमार सुमनले बैठकमा आन्दोलनको समीक्षा हुने बताए । उनले भने, ‘आन्दोलनका क्रममा हाम्रा नेता तथा कार्यकर्ताहरू धमाधम पक्राउ परेका छन् । आन्दोलनमा दमन भएको छ । आज तराई मधेसमा आमहड्ताल छ । समग्र विषयमा छलफल हुनेछ ।’

माग पूरा नभएको भन्दै आन्दोलन घोषणा गरेर सडक संघर्षमा रहेको राजपा नेपालले आज तराई मधेसमा आमहड्तालको आह्वान गरेको छ ।