१५ कार्तिक २०८३, आइतबार

चुनावमा भाग नलिने निर्णयले महन्थ ठाकुरको संघीय गठबन्धन फुट्यो, दुई दल बाहिरिए

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, ४ असार । स्थानीय तहको दोस्रो चरणमा भाग लिने या नलिने विषयमा एक मत हुन नसकेपछि महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धन फेरि विभाजित भएको छ ।

गठबन्धनमा आवद्ध दुई पार्टीले चुनावमा भाग नलिने गबन्धनको निर्णय अस्वीकार गर्दै दोस्रो चरणको चुनावमा जाने निर्णय गरेका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

संघीय गठबन्धनमा आवद्ध संघीय लोतनान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बुवान पार्टी नेपालले चुनावमा भाग लिने निर्णय गरेका हुन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको नेतृत्व कुमार लिङ्देल र संघीय लिम्बुवान पार्टी नेपालको नेतृत्व सम्झहाङ पालुङ्वाले गरेका छन् ।