१ कार्तिक २०८३, आइतबार

दोस्रो मुवाथाईमा नेपाललाई पाँच स्वर्ण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । नेपालले दोश्रो इन्डो–नेपाल मुवाँथाई प्रतियोगितामा शनिबार ५ स्वर्ण जितेको छ । नेपालका लागि महिला २५ केजीमा पलिस्था कक्षपतिले स्वर्ण जितिन् ।

राष्ट्रिय मुवाँथाई संघ नेपालद्वारा आयोजित प्रतियोगिताको पुरुष ६६ केजीमा विवेक गडाल, ६३ केजीमा करण वज्राचार्य, ५० केजीमा राहुल थोकर लामा तथा ५७ केजीमा सन्तोष मगरले नेपाललाई स्वर्ण दिलाए ।

प्रतियोगितामा नेपालका ९ र भारतका ३२ खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष गणेश कक्षपतिले जनाएका छन् ।