९ मंसिर २०८३, बुधबार

चुनाव सार्ने निर्णयविरुद्ध राजपाद्धारा सिरहामा लाठी जुलुस प्रदर्शन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

– सन्तोष यादब

सिरहा, ३ असार । राष्ट्रिय जनता पार्टी (राजपा)ले सिरहाको गोलबजारमा लाठी जुलुस प्रदर्शन गरेको छ । सरकारले आफूखसी दुई नम्बर प्रदेशका ८ जिल्लाको निर्वाचन मात्र सारेको विरोधमा राजपाले लाठी जुलुस प्रदर्शन गरेको हो ।

ईप्रका गोलबजार नजिकैबाट सयौंको संख्यामा निकालिएको लाठी जुलुस गोलबजारको विभिन्न भागमा परिक्रमा गरी गोलबजार पार्क पुगेर राजमार्गमै कोणसभा गरेको छ । उक्त जुलुसमा राजपाका सहमहामन्त्री सुरेश मण्डल, सुरेन्द्र झा लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

राजपाका सहमहामन्त्री सुरेश मण्डलले मधेसका सबै जिल्लाको निर्वाचन संविधान संशोधन पश्चात मात्र गर्नुपर्ने बताउनुभयो । उहाँले संविधान संशोधन, आन्दोलनका ज्यान गुमाएकालाई शहिद घोषणा, घाईतेलाई उपचारलगायतका माग निर्वाचन अगाडी पुरा हुनुपर्ने उहाँको भनाई थियो ।