९ मंसिर २०८३, बुधबार

महन्थ ठाकुरसहित चार शीर्ष नेता पाँच नं. प्रदेश प्रस्थान

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ३ असार । दोस्रो चरणको आन्दोलन विथोल्ने आन्दोलनमा सहभागी हुनभन्दै राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरू पाँच नम्बर प्रदेशतिर प्रस्थान गरेका छन् ।

राजपा नेपालका चार शीर्ष नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा र राजकिशोर यादव भरतपुर हुँदै नवलपरासी, रुपन्देही र कपिलवस्तु प्रस्थान गरेका हुन् ।

अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले अनुसार दोस्रो चरणको स्थानीय तहको निर्वाचन विरुद्ध हुने पाँच नं. प्रदेशको संघर्षका कार्यक्रममा सहभागी हुने बताए ।

विराटनगरका लागि भने जयप्रकाश ठाकुर र सुरेन्द्र झासहितका दोस्रो तहका नेताहरूलाई पठाइएको नेता बृषेशचन्द्र लालले जानकारी दिए ।

जनकपुरबाट संयुक्त युवा मधेस संघर्ष समितिका सदस्यहरू पनि बिराटनगर प्रस्थान गरेको जनाइएको छ ।