काठमाडौं, ३ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले असार १५ गते अगाडि मन्त्रिपरिषद बिस्तार नगर्ने भएका छन् ।
देउवाको निजी सचिवालयका अनुसार कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिकलगायतका दलहरू निर्वाचनमा केन्द्रित हुनुपर्ने भएकाले तत्काल मन्त्रिमण्डल बिस्तार नहुने भएको हो ।
स्रोतले भन्यो, ‘दलका शीर्ष नेताहरू सबै स्थानीय तहको दोस्रो निर्वाचनमा केन्द्रित भएका छन् । मन्त्रिमण्डल तत्काल विस्तार हुने अवस्था छैन ।’
आफूले शपथ लिएका दिन देउवाले आठ सदस्सीय मन्त्रिमण्डल बनाएका थिए । मन्त्रिमण्डलमा अहिले कांग्रेस, माओवादी केन्द्र र फोरम लोकतान्त्रिक मात्रै सहभागी छन् ।











प्रतिक्रिया