९ मंसिर २०८३, बुधबार

बाँकेमा बस दुर्घटना, एकको मृत्यु २० यात्रु घाइते

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

नेपालगञ्ज, ३ असार । बाँके जिल्लाको राप्ती सोनारी– ९ मा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना यात्रु घाइते भएका छन् ।

खचाखच यात्रु बोकेको यात्रु बाहक बस शनिबार बिहान दुई बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

बुटवलबाट सुर्खेततर्फ जाँदै गरेको लु १ ख ५९०९ नम्बरको बस दुर्घटनामा परेको थियो ।

मृत्यु हुनेमा बसमा सवार भारतीय नागरिक ३५ वर्षीय नलमुनी अधिकारी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

बस दुर्घटनामा घाइते भएका २० जनाको कोहलपुर मेडिकल कलेज बाँकेमै उपचार भइरहेको छ ।

घाइतेमध्ये कोहलपुरका गौतमदेव नाथको भने अवस्था गम्भीर रहेको छ ।

दुर्घटना पश्चात् फरार रहेका बस चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।