९ मंसिर २०८३, बुधबार

आन्दोलन नरोक्ने राजपाको निर्णय, उम्मेदवारी दर्ता र मतदानका दिन बन्दको घोषणा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी

काठमाडौं, २ असार । राष्ट्रिय जनता पार्टी नेपालले आफ्ना माग पूरा नभएसम्म चुनावमा भाग नलिने र आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ ।

 

शुक्रबार विजुलीबजारमा बसेको राजपा नेपाल अध्यक्ष मण्डलको बैठकले सरकारले संघीय गठबन्धन र राजपा नेपालसँग गरेको सम्झौता विपरित एकतर्फी निर्णय गरी निर्वाचनको कार्यक्रम घोषणा गरेको निर्णयलाई अमान्य ठहर गर्दै आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको नेता राजकिशोर यादवले जानकारी दिए ।

उनका अनुसार असार १४ गतेसम्म आन्दोलनका घोषित कार्यक्रमहरुलाई जारी राख्दै असार ३ गते मधेस–थरुहटका सबै जिल्लाहरुका सदरमुकामहरुमा लाठी जुलुस प्रर्दशन र असार ४ गते उम्मेदवारी मनोनयन दर्ताका दिन बन्द र हड्ताल गर्ने निर्णय पनि भएको छ ।

यसअघि सरकारले राजपाको सहमतिअनुसार दुई नम्बर प्रदेशको चुनाव सार्ने निर्णय गरेको थियो । चुनाव सारेपनि आन्दोलन भने रोकिएन् । राजपाले संविधान संशोधन र तराईमा स्थानीय तहको संख्या थप्नुपर्ने माग राख्दै आएको छ ।