१ कार्तिक २०८३, आइतबार

लालीगुराँस र सेब बास्केटबल प्रतियोगिताको फाइनल प्रवेश

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । आयोजक लालीगुराँस नेसनल एकेडेमी ‘ए’ र सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) तेश्रो लालीगुराँस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

मनमैजुस्थित घरेलु कोर्टमा पहिलो संस्करणको विजेता लालीगुराँसले महामञ्जुश्रीलाई ३७–२७ ले पराजित ग-यो ।

लालीगुराँसको जितमा सदाझै सर्वाधिक स्कोर गर्ने क्रममा प्रिन्स केसीले १३ अंक योगदान गरे । सेबले नेरिकलाई २७–२४ को साँघुरोअन्तरले हरायो । सेबका बाबुराम पुनले १२ अंक जोडे ।

सिनियर गल्र्समा ग्रिनल्यान्ड र ईडेन ब्रिज एकेडेमी उपाधिका लागि भिड्ने भएका छन् । ग्रिनल्यान्ड ले युनिभर्सलको चुनौती २७–११ ले समाप्त पा-यो ।

विजयी टिमका लागि अरीक्षा खड्काले १६ स्कोर गरिन् । ईडेनले हिमालयन एकेडेमीको यात्रा २४–१३ ले पूर्णविराम लगायो । ईडेनकी सुम्निमा खड्काले १८ अंक जोडिन् । गल्र्सको स्पर्धा पहिलो पटक समावेश गरिएको हो ।