३० आश्विन २०८३, शुक्रबार

चुनाव गर्न नदिने राजेन्द्र महतोलाई ‘पारि’ नै पठाए के हुन्छ ?

9.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कमलराज भट्ट  / समाचार टिप्पणी

नेपाली राजनीतिका विवादित पात्र हुन्, राजेन्द्र महतो । लामो समयदेखि उनको नागरिकतासम्बन्धी विवाद कायमै छ । भारतीय अंगिकृत नागरिकको आरोप उनीमाथि लाग्दै आएको छ । अब उनका हितैसी उपेन्द्र यादवले नै पोल खोलिदिएपछि राजेन्द्र महतो भारतीय हुन भन्नेमा केही भनिरहनु परेन ।

उपेन्द्रले मंगलबार एउटा अन्तरवार्तामार्फत राजेन्द्र भारतीय नागरिक भएको खुलासा गरेका थिए । यतिमात्र होइन्, राजेन्द्रले ढाँटेर नागरिकता लिएको दाबी छ, उपेन्द्रको ।

सर्लाहीको सदरमुकाम मलंगवासित सीमा जोडिएको भारतीय जिल्ला सीतामढीको कोहवरवा गाउँमा महतोको घर अहिले पनि छ । यो गाउँ नेपाल–भारत सीमाबाट १५ किलोमिटर दूरीमा पर्छ।

संघीय समाजवादी फोरमका अध्यक्ष यादवका अनुसार सर्लाहीको सदरमुकाम मलंगवासित सीमा जोडिएको भारतीय जिल्ला सीतामढीको कोहवरवा गाउँमा महतोको घर अहिले पनि छ । यो गाउँ नेपाल–भारत सीमाबाट १५ किलोमिटर दूरीमा पर्छ। महतोले ०२७–०२८ को बीचमा नेपाली नागरिकता लिएको बताइन्छ । महतोका पिता नेपाल आएको केही वर्षमै बाबुछोराले नागरिकता लिएको र सर्लाहीका तत्कालीन जिल्ला विकास समितिका सभापति अमरबहादुर थापाले यसमा भूमिका खेलेको बताइन्छ । छोराले पहिले र बुबाले पछि नागरिकता लिएको पनि भनिन्छ । जे होस् महतो अंगीकृत नागरिकता हुन भन्ने यहीँबाट प्रष्ट हुन्छ ।

महतोको नागरिकता छानविन गरी जेल हाल्नुपर्ने माग यसअघि नै उठेको थियो । नेकपा एमाले निकट युवा संघ नेपालले ०६८ सालमा महतोको नागरिकताका विषयमा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर गर्यो । र, त्यसलगत्तै महतोको नागरिकताबारे अख्तियारमा समेत उजुरी परेको थियो । उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महतोको नागरिकता सम्बन्धमा गृह मन्त्रालयलाई पत्राचार गर्यो । अख्तियारको पत्र आएपछि गृहमन्त्रालयले महतो बहालवाला मन्त्री भएकै बेला सर्लाही जिल्ला प्रशासन कार्यालयसँग उनको नागरिकता सम्बन्धी विवरण माग्यो । तर, सर्लाहीका तत्कालीन प्रमुख जिल्ला अधिकारीले महतोको नागरिकतासम्बन्धी छानविन गर्नका लागि हाल कुनै अभिलेख फेला नपरेको भन्दै छानविन गर्न बाधा पुगेको जवाफ फर्काए ।

त्यस्तै, युवा संघले महतोले कीर्ते गरेको प्रमाणसहित नागरिकता नक्कली रहेको दाबीका साथ गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएरै छानविनको माग पनि गर्यो । तर, यो काम अघि बढ्न सकेन ।

ढिलै भए पनि उनको नागरिकतासम्बन्धी यथार्थ अब छताछुल्ल भएर सतहमा आएको छ । यदि महतोले नक्कली नागरिकता नै बनाएका हुन् भने कारबाही गर्छ कस्ले ? उपेन्द्र यादवहरु यो साहस किन गर्दैनन् ? आफूलाई मधेशको मसिहा ठान्ने राजेन्द्र महतोलाई तह लगाउन उपेन्द्र अनि मधेशका आदिबासीहरु तात्नुपर्ने होइन र ? किनकी महतोको नागरिकतासम्बन्धी विवाद पुरानै हो । जुन पटक पटक चर्चामा आउँदै सेलाउने गरेको छ । अहिले पनि यो विषय सतहमा आएको छ । तर, फेरि नै त्यसै सेलाउने सम्भावना देखिएको छ ।

लामो समयदेखि तराई मधेसका नेपालीलाई दुःख दिँदै आएका राजेन्द्र नेपालका विरलै भाग्यमानीमध्येका एक नेता मानिन्छन् । जसले पटकपटक मन्त्री बन्ने मौका पाए । मालदार मन्त्रालयमा उनको राज चल्यो । उनको अकुत सम्पत्तिको त झन् लामै फेहरिस्त रहेको बताइन्छ । काठमाडौंमा महल र तराईमा पनि दरबार ठड्याएका छन् । संचारमाध्यम, जग्गा, सुनदेखि धेरै कुरामा उनको लगानी छ । जुन अत्यन्तै अस्वभाविक देखिन्छ ।

नेपालमा अस्थिरता ल्याउने, नेपालीमाथि अत्याचार गर्ने अनि देशमा बिखण्डनको विउ रोप्ने राजेन्द्र महतोलाई किन कारबाही नगर्ने ? उनलाई कारबाही गर्न उपेन्द्रहरुले अभियान किन नचलाउने ?

कहिले नाकाबन्दी त कहिले अनेक बहानामा उनले नेपाली जनतामाथि अत्याचार थुपारिरहेका छन् । २० वर्षपछि हुन लागेको दोस्रो चरणको चुनाव हुनै नदिने दाउमा लागेका महतो अहिले तराईमा अस्थिरताका मुख्य पात्र हुन् । अझ उपेन्द्रले त राजेन्द्रमाथि गम्भीर आरोप समेत लगाएका छन् । मधेशमा संघीय समाजवादी फोरमको चुनावी सभा भाँड्न भारतबाट महतोले भाडाका मानिसहरु ल्याएको दाबी छ, उपेन्द्रको ।

उपेन्द्रको यो आवेगको आक्रोश हो कि साँच्चिकै बोलिरहेका छन् ? यदि उनी साँचो बोलिरहेका छन् भने नेपालमा अस्थिरता ल्याउने, नेपालीमाथि अत्याचार गर्ने अनि देशमा बिखण्डनको विउ रोप्ने राजेन्द्र महतोलाई किन कारबाही नगर्ने ? उनलाई कारबाही गर्न उपेन्द्रहरुले अभियान किन नचलाउने ?

सत्य के हो भने उपेन्द्रहरुले यो हिम्मत गर्लान या नगर्लान, मधेशी जनताले एकदिन यस्ता हर्कत देखाउने महतोलाई उनकै जन्मथलोतिरै लखेट्नेछन् । त्यतिबेला उनलाई कठै भन्ने कोही पनि बाँकी नरहन सक्छन् ।