१५ कार्तिक २०८३, आइतबार

तत्कालीन एआईजी पार्वती थापाको रिट चार वर्षपछि खारेज

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । वरिष्ठताका आधारमा नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) हुन पाउनुपर्ने मागसहित तत्कालीन एआईजी पार्वती थापामगरले दायर गरेको रिट निवेदन प्रयोजनहीन भएको भन्दै चार वर्षपछि सोमबार सर्वोच्च अदालतबाट खारेज भएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुरूप आफूभन्दा कनिष्ठ उपेन्द्रकान्त अर्याललाई आईजीपी बनाइएको दाबीसहित थापाले ०७० साल कात्तिक २६ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । अर्याल भने आईजीपी भइवरी अवकाश भइसकेका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

यता, अर्यालको अवकाशपछि सरकारले जयबहादुर चन्दलाई आईजीपी बनाउने निर्णय गरेपछि डीआईजी नवराज सिलवालद्वारा दायर रिटमा भने पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको विशेष सक्रियतामा डेढ महिनामै फैसला भएको थियो । पार्वतीको मुद्दामा चाहिँ बल्ल फैसला भएको छ ।