काठमाडौं, २९ जेठ । संघीय समाजवादी फोरम नेपालका युवा नेता तथा सांसद अभिशेष प्रताप शाहले राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहको चुनाव बहिष्कार गरेर ठीक नगरेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर शाहले लोकतन्त्रमा चुनावलाई बहिष्कार गर्न नहुने बताएका हुन् । उनले चुनाव बहिष्कार गर्ने दल र समूहहरूको हालत के भएको थियो भनेर प्रश्न समेत गरेका छन् ।
‘चुनावमा भाग नलिँदा मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’ र जयकृष्णा गोइत जस्ता नेताहरूको हालत के भयो ? लोकतन्त्रमा चुनावको बहिष्कार गरिँदैन’, युवा नेता शाहको स्ट्याटसमा उल्लेख छ ।
राजपा नेपालले चुनाव बहिष्कारको घोषणा गरेर आन्दोलनका कार्यक्रम सार्जजनिक गरेपछि चौतर्फी आलोचना हुँदै आएको छ ।
नेपालका लागि पूर्व राकेश सुदले पनि राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहको निर्वाचनमा भाग नलिने निर्णय गरेर ठूलो गल्ती गरेको आरोप टिप्पणी गरिसकेका छन् ।











प्रतिक्रिया