काठमाडौं, २९ जेष्ठ । नेपाली कांग्रेसका नेता रमेश लेखकले राजपा नेपाल सहभागी नभएपनि असार १४ गतेको दोस्रो चरणको निर्वाचन नरोकिने स्पष्ट पारेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले राजपा नेपाल चुनावमा आउनेमा आफूहरू पूर्ण विश्वस्त रहेको बताए । उनले राजपालाई चुनावमा सहभागी गराउनका लागि प्रयास गरिरहने बताए ।
एमालेका सचिव प्रदीप ज्ञवालीले राजपा नेपालले निर्वाचन विथोल्ने गरी घोषणा गरेको आन्दोलन स्वयंका लागि प्रतित्युपादक रहेको बताए । ज्ञवालीले भने, ‘राजपा नेपालको निर्वाचन बहिष्कार गर्ने निर्णय दुःखद् छ, यो निर्णयले उहाँहरूलाई नै घाटा छ, प्रत्युपादक छ ।’
माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले निर्वाचन निर्धारित मितिमै गर्नुपर्ने भएकाले कुनै आशंका नगर्न आग्रह गरे । गजुरेलले भने, ‘निर्वाचनअसार १४ गतेभित्रै हुन्छ, गर्नुपर्छ, यसमा कुनै दुई मत छैन् ।’
उनले राजपा नेपालले चुनाव विरोधी आन्दोलन घोषणा गरेर गल्ती गरेको बताए ।
राजपा नेपालको अध्यक्षमण्डलका नेता महेन्द्र राय यादवले आफूहरूले बाध्य भएर आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको बताए । उनले भने, ‘बाध्य भएर हामीले आन्दोलन घोषणा गरेका छौं, हाम्रामाँग पूरा भएनन् ।’











प्रतिक्रिया