९ मंसिर २०८३, बुधबार

एमालेको स्थायी समिति बैठक स्थगित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले मुलुकको पछिल्लो राजनीतिक अवस्था र स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न बोलाएको स्थायी समिति बैठक स्थगित भएको छ ।

काठमाडौंको धुम्रबाराहीस्थित पार्टी मुख्यालयमा सोमबार स्थायी समिति बैठक बोलाइएको थियो । पार्टी अध्यक्ष केपी ओलीसहितका नेताहरू कार्यक्रममा व्यस्त रहेकाले बैठक स्थगित गरिएको एमालेले जनाएको छ ।

एमालेको स्थायी समितिको बैठक अर्को सूचनापछि बस्नेछ । एमालेका अध्यक्ष केपी ओली चुनावी कार्यक्रमलाई सम्बोधन गर्न दाङको तुलसीपुर गरेका छन् । अन्य नेताहरू पनि उपत्यका बाहिर रहेका छन् ।