काठमाडौं, २९ जेठ । तराई मधेसमा चुनाव हुन नदिने भन्दै संर्घषमा उत्रिएको राष्ट्रिय जनता पार्टीलाई दोस्रो चरणको स्थानीय निर्वाचनमा सहभागी गराउन सरकारले नयाँ विकल्पबारे गृहकार्य थालेको छ ।
उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले आइतबार सरकारको नयाँ विकल्प बाहिर ल्याएका छन् । विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै गच्छदारले राजपा चुनावमा सहभागी हुने सुनिश्चित भएको खण्डमा २ नम्बर प्रदेशमा तेस्रो चरणमा चुनाव गर्न सकिने बताएका हुन् । गच्छदारले तेस्रो चरणमा चुनाव गर्न सकिने भन्दै तर, यसका लागि सर्वोच्च अदालतको अनुमति आवश्यक पर्ने बताए ।
राजपालाई चुनावमा भाग लिने वातावरण तयार गर्न प्राविधिक र कानुनी कुराहरुलाई परिमार्जन गर्न सरकार तयार रहेको भन्दै उनले २ नम्बर प्रदेशको हकमा तेस्रो चरणमा चुनाव गराउन सकिने विकल्प सुनाए ।
उपप्रधानमन्त्री गच्छदारले २ नम्बर प्रदेशबाहेक अन्य प्रदेशको हकमा भने राजपाले भनेजसरी चुनावको मिति सार्न असम्भव रहेको बताए ।











प्रतिक्रिया