९ मंसिर २०८३, बुधबार

सप्तरीमा फेरि तनावः एमाले कार्यक्रममा तोडफोड र आक्रमण, के-के भयो ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, २८ जेठ । नेकपा एमालेले सप्तरीको कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताले आक्रमण र तोडफोड गरेका छन् ।

सप्तरीको राजविराजस्थित साह धर्मशालामा राखिएको एमालेको कार्यक्रम राजपा कार्यकर्ताले बिथोलेका हुन् । एमालेको कार्यक्रम भइरहेको धर्मशालामा एक्कासी प्रवेश गरी उनीहरुले तोडफोड र आक्रमण सुरु गरेपछि केहीबेर तनाव मच्चिएको थियो ।

राजपा कार्यकर्ताहरुले एमालेको चुनावी प्रचार सामाग्री, झण्डा, पर्चा–पम्प्लेट तथा निर्वाचन चिन्हअंकित टिसर्टहरुसमेत जलाइदिएका छन् ।

घटना लगत्तै प्रहरी टोली पुगेका कारण स्थिति नियन्त्रणमा आएको थियो । नेकपा एमाले नगर कमिटीका अध्यक्ष निरञ्जन झाले भने आक्रमणको निन्दा गर्दै दोषीमाथि आवश्यक कारवाहीको माग गरेका छन् । उनले संयम रहन एमाले कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन् ।